|  

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

२० चैत, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ४ सय रुपैयाँ घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने आज तोलामा १० रुपैयाँ बढेर १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।