|  

पर्वतमा श्रीमान-श्रीमती मृत फेला

२० चैत, काठमाडौं । पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन् ।

जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन् ।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो । खबर भएपछि डिएसपी खुमलाल भुसालसहितको टोली घटनास्थलतर्फ जाँदैछन्।उनीहरूको हत्या भएको आशंका गरिएको छ।