|  

फिल्म ‘मैदान’ को ट्रेलर सार्वजनिक

२० चैत, काठमाडौं । अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार जि-स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्ममाअमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको फिल्ममा अजयसँगै प्रियमणी, गजराज राव, रुद्राणीलगायत कलाकारको अभिनय छ ।

फिल्ममा जि-स्टुडियो, बोनी कपूर, आकाश चावला, अरुणा जोय सेनगुप्ताको लगानी छ । फिल्म अप्रिल १० मा प्रदर्शन हुँदैछ ।