|  

पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु

२० चैत, काठमाडौं । पछिल्लो ५ महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै तीनवटा बाघको मृत्यु भएको छ ।

चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको वयस्क भाले बाघको मृत्यु भएसँगै मृत्यु हुने बाघकाे संख्या तीन पुगेकाे हाे । पशु प्रेमीले निकुञ्जको खोरमा भएका बाघको मृत्युको विरोधमा बालुवाटारस्थित प्रकृति विश्व कोष कार्यालय अगाडि प्रर्दशन गरेका छन् । विभिन्न जनावरको शोषण गरेको भन्दै प्रदर्शन गरेका हुन् । निकुञ्जले साँघुरो खोरमा बाघ राख्दै आएको भँन्दै बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको उनीहरुको भनाइ छ। 

यता, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले पनि उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको बताए।