|  

 फ्रेन्डसिप कप : बरोडासँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

२० चैत, काठमाडौं ।  फ्रेन्डसिप कप अन्तर्गत आज नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।

गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।

नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।