|  

माओवादी नेता कालीबहादुर खाम पक्राउ

२० चैत, काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा विगत १५ वर्षदेखि फरार थिए ।

खाम शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको डिभिजन कमान्डर थिए ।