|  

कर्णाली प्रदेशसभाको बैठक स्थगित

२० चैत, काठमाडौं ।  कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन  मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

नेकपा माओवादी र एमालेमा  सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो। आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।