|  

४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपा जनप्रदर्शनको तयारीमा

२० चैत, काठमाडौं ।  ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौँ केन्द्रित  जनप्रदर्शनको तयारीलाई तीव्रता दिएको छ । 

गत ९ फागुनमा प्रधानमन्त्री प्रचण्डसमक्ष  विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकिएको छ भने ती कमान्डरले पनि वडा कमान्डर तोकेका छन् । 

उनीहरूको नेतृत्वमा काठमाडौँ उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र्‍याली निक्लिने र वृहत् सभामा परिणत हुने राप्रपाले जनाएको छ । 

 ४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरेको राप्रपाको २७ चैतमा हुने जनप्रदर्शनमा देशभरबाट कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।