|  

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने कांग्रेसकाे निष्कर्ष

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । 

आज बसेको बैठकमा इलाम- २ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।