|  

कांग्रेसले आज पनि टुंग्याउन सकेन उम्मेदवार, भोलि फेरि बैठक बस्ने

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि उमेदवार चयनको विषय कांग्रेसमा पेचिलो बनेको छ । 

यसअघि मंगलबार पनि उमेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबीच 'नोकझोक'कै स्थिति सिर्जना भएको थियो ।

कांग्रेसमा इलाम–२ को उमेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवाले डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडान लिइरहेका छन् । तर, संस्थापन इतर पक्ष भेषराज आचार्यको पक्षमा छ ।