|  

कैलालीमा उखु बोकेर गुडिरहेको ट्रकमा आगलागी

२१ चैत, काठमाडौं । कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना५ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो। 

कैलारी गाउँपालिका-३ सुर्मीनालामा ट्रकमा विद्युत तार छोएर आगलागी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। 

ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले बताएका छन्।