|  

लगातार बढिरहेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ? 

२९ चैत, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यता चाँदी आज स्थिर रहेको छ ।

बुधबार प्रतितोला १ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।