|  

'आम नागरिकले कोरोनाको खोप पनि नपाउने अनि प्रधानमन्त्री चाँही ३०/३१ करोड खर्च गर्ने ?': डा. सरेन्द्र केसी(भिडियोसहित)

४ फागुन, काठमाडौं-राजनीतिक विश्लेषक डा. शुरेन्द्र केसीले सरकारले देशको ढुकुटीको दोहन गरिरहेका आरोप लगाएका छन् ।

आम नेपाली नागरिकले कोरोनाविरुद्वको खोप समेत लगाउन नपाएको अवस्थामा सरकारले सडकमा प्रदर्शन तथा सभाहरु गरेर करोडौँ राज्यको ढुकुटीबाट सकिरहेको उनले बताए ।

डा.केसीले सरकारले मात्रै नभई सरकारको विपक्षमा सडकमा उत्रिएकाहरुले पनि संघ संस्थाहरुलाई धम्काएर उठेको पैसा साथै कालो धनलाई प्रयोग गरेर सडकमा तामझाम गरेर जनतालाई दुख दिइरहेको आरोप लगाए ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै विश्लेषक केसीले देश मुडभेडमा जाने अवस्था देखिएको पनि बताएका छन् ।

केसीले सरकारको काम सडकमा आउने नभई सडक खुलाउने भएको भन्दै सरकार नै गलत बाटोमा रहेको बताएका छन् ।  

भिडियो-