|  

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

३ बैशाख, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा सात सय रूपैयाँ बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७  सय १५ रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।