|  

अभिनेता सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित पक्राउ

४ बैशाख, काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने २ जना पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विक्की गुप्ता र सागर पाल रहेका छन्।

मुम्बई क्राइम ब्रान्चले उनीहरूलाई आज मुम्बई लानेछ । दुवैलाई मुम्बईमा सोधपुछ गरिने छ । आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएको थिए।