|  

दुबईमा भारी वर्षा, विमानस्थलमा दर्जनौं जहाजहरु पानीमा डुबे

५ बैशाख, काठमाडौं ।युक्त अरब इमिरेट्स (युएई)का अबुधाबी, दुबई, अल ऐनलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ ।भारी वर्षा पछिको बाढीले सबैभन्दा धेरै दुबईको ट्राफिकमा असर गरेको देखिएको छ ।

सडक यातायातदेखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईका विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् ।

Dubai Airport runway submerged as heavy rains batter UAE - Saudi Gazette