|  

धर्म निरपेक्ष राज्यमा एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक हुँदैनः बादल

०५ बैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताएका हुन् । उनले पहिचानवादीहरू प्रति टिप्पणी गर्दै साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने जिकिर गरे । उनले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले माओवादी गठबन्धनका साझा उम्मेदवार सुुहांग नेम्बाङ्गलाई जिताउनु पर्ने बताए ।

उपाध्यक्ष थापाले देश सबै धर्मालम्वीहरुको भएको बताए । उनले सबै धर्म मान्नेहरूको खुन पसिनाले यो देश बनेकाले एमालेले धर्म निरपेक्ष राज्य स्वीकार गरेको बताए ।