|  

राप्रपा नेपालको सह-प्रवक्तामा थापा मनोनित

५ बैशाख, काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष  कमल थापाले पार्टीको विधान बमोजिम भक्त बहादुर थापालाई पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्  ।      

थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित ‘मुना’ को सम्पादक थिए ।