|  

मनकामना केबलकार बन्द हुने  !

६ बैशाख, काठमाडौं । मनकामना केबलकार (भोलि) शुक्रबार बन्द हुने भएको छ ।

आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार भोलि बन्द हुने भएको हो । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ।केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन्।