|  

विदेशी श्रमिकलाई मलेसिया जान रोक

०६ बैशाख, काठमाडौं । वैशाख ९ गते अर्थात अप्रिल २१ तारिखदेखि मलेसियाले औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने भएको छ ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको यो निर्णयले सवैभन्दा बढी असर नेपाललाई पर्ने देखिएको छ । नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियामा कामदार जाने गरेकोमा नेपाली श्रमिकको सबैभन्दा मुख्य गन्तव्य नै मलेसिया थियो । सुरुमा मलेसियाले गत मार्च ३१ तारिखदेखि बाहिरी मुलुकबाट श्रमिक नलिने निर्णय गरेको भए पनि करिब २१ दिन थप गरेर अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी कामदार नलिने निर्णय गरेको छ । अवैधानिक कामदारलाई फिर्ता पठाउने उद्देश्य मलेसियाको देखिन्छ ।

मलेसियाले १ करोड ७० लाख श्रमिकमध्ये आप्रवासी कामदारको संख्या १५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेसँगै नेपालसहित १४ देशबाट श्रमिक नलिने निर्णय गरेको हो । मलेसियाका गृहमन्त्री सेरी सैफुद्दीन इस्माइलले आप्रवासी कामदारको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले अप्रिल २१ तारिखपछि आप्रवासी कामदार नलिइने बताएका थिए । तर, मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन ।