|  

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

६ बैशाख, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गरेपछि ओली-प्रचण्डबीच वार्ता भएको हो ।

नेपाल र देउवाबीच बुधबार राति भएको भेटमा वैकल्पिक गठबन्धन बनाउने सहमति भएको स्रोतको भनाई छ । त्यसलगत्तै ओली प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।