|  

अब निजी विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिएर भर्ना गर्न नपाउने 

७ बैशाख, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको र त्यसभन्दा धेरै लिएमा कानुनअनुसार कारबाही गर्ने महानगरले जनाएको छ । यसका साथै महानगरले संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी त्यही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।

महानगरमा सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानूनले तोकेभन्दा धेरै शुल्क लिएको गुनासो प्राप्त भएको र प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिन तथा शुल्क लिएको भए सम्बन्धित अभिभावकलाई फिर्ता गर्नु पर्ने बताइएको छ ।