|  

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

७ बैशाख, काठमाडौं । टर्कीमा भूकम्प गएको छ । उत्तरी प्रान्त टोकाटमा बिहीबार साँझ ६ बजेर ११ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको स्रोतले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको धक्का छिमेकी प्रान्तमा महसुस गरिएको थियो  ।