|  

एमाले प्रतिनिधि परिषद् बैठकः देउवालाई अतिथि बन्न निम्तो

७ बैशाख, काठमाडौं ।  नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अतिथिको निम्तो पठाएको छ ।

एमाले सचिव योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसका अवसरमा नेकपा एमालेद्वारा बैशाख १० गतेसम्म ललितपुर, गोदावरी स्थित सनराइज हलमा हुने समरोहमा अतिथिकाका रुपमा उपस्थितिका लागि देउवालाई निमन्त्रण गरिएको जानकारी दिए ।

निम्ता लिएर सचिव भट्टराईसहित बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी नेकपा एमालेका काठमान्डौ जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ देउवा निवासमा पुगेका थिए ।