|  

लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ 

७ बैशाख, काठमाडौं ।  सुनसरीमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।

पकाउ पर्नेमा रामधुनी गाउँपालिका-३ का ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका-१ का १९ वर्षीय रन्जनकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार टोलबाट प्रहरीले  पक्राउ गरेको हो । उनीहरूको साथबाट लागुऔषध ओसारपसारमा प्रयोग गरिएको  प्रदेश १-०२-०४७ प ४४६९  नम्बरको मोटरसाइकल र १ ग्राम २ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।