|  

पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ७१ जनाको मृत्यु,६७ जना घाइते

०७ बैशाख, काठमाडौं । गत शनिवारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा भएको भारी वर्षा र चट्याङले जनधनको निकै क्षति भएको छ ।

वर्षा र चट्याङका कारण ७१ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो  । जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो । भने ४१ जना घाइते भएका छन साथै १ हजार ३७० घरमा क्षति पुगेको छ ।

त्यस्तै, पूर्वी पञ्जाव प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएका छन् । त्यसैगरी दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन् । अप्रिल १७ देखि अप्रिल २९ सम्म पाकिस्तानमा भारी वर्षा र हुरीबतास हुने सम्भावना रहेको छ ।