७ बैशाख, काठमाडौं । चलचित्र ‘महाजात्रा’ रिलिजको पाँचौं हप्तामा प्रवेश गरेको छ ।
यो चलचित्रले हालसम्म साढे २६ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । नेपालमा १५ करोड ९० लाख र नेपालबाहिर १० करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
जम्मा २६ करोड ६५ लाख कलेक्सन गरेको निर्माता दीपेश खत्री ‘म्याक्स’ले जानकारी दिएका छन् ।