|  

नेपालले यूएईलाई दियो १ सय २० रनको लक्ष्य

७ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले यूएईलाई १ सय २० रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय १९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए ।

गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे । करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।