|  

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालको आदेश

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालत आदेश दिएको छ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन्।