|  

एसीसी प्रिमियर कपः तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल  

८ बैशाख, काठमाडौं ।  एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ ।

ओमानको अल अमिरातमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।  सेमिफाइनलमा पराजित भएसँगै नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो।