|  

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

८ बैशाख, काठमाडौं । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।

एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीनभित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ ।

एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो ।

तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।