|  

आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल दिल्लीमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । हैदराबाद ६ खेलमा ८ अङ्कसहित तालिकाको चौथो स्थानमा र दिल्ली ७ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा छ ।