|  

पौडी खेल्ने क्रममा तामाकोशी नदीमा  २ जना बेपत्ता

८ बैशाख, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

मेलामा गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ शुक्रबार दिउँसो तामाकोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।