|  

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

८ बैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा परिषद्को बैठक सुरु भएको हो । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने बताएको छ  । परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको  छ ।

बैठकमा प्रधानमन्त्री तथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिको रुममा आमन्त्रण गरिएको छ । प्रचण्ड र देउवाले विशेष वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।