|  

चलचित्र ‘मेयर’को छायाङ्कन सकियो 

८ बैशाख, काठमाडौं । दीपेन्द्र के.खनाल निर्देशित चलचित्र ‘मेयर’को छायाङ्कन सकिएको छ ।

छायाङ्कन सुरु भएको ५१ औँ दिनमा फिल्म सकिएको हो । केही दिनको काठमाडौँ छायाङ्कनपछि सर्लाही पुगेको निर्माण युनिटले सर्लाहीको विभिन्न स्थानमा छायाङ्कन गर्दै फिल्म सकाएका हुन् । सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर फिल्म ‘मेयर’ बनाइएको हो ।

चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरेका छन्, भने अभिनेत्री वर्षा राउतले उनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । उक्त चलचित्रमामा खगेन्द्र र वर्षाको अलावा अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यादेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीको अभिनय रहेको छ ।