|  

सहकारी संस्थाहरू आफैँसँग पनि ठगीमा परेको रकम असुली गर्ने जनशक्ति छैनः आरजु राणा

८ बैशाख, काठमाडौं ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी डा.आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितलाई न्याय दिलाउन गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको जिकिर गरेकी हुन् ।

राणाले सहकारी संस्थाहरू आफैँसँग पनि ठगीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको टिप्पणी गरिन् ।

सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन् ।