|  

माग पूरा नभए अनसन बस्ने डा.केसीको चेतावनी !

८ बैशाख, काठमाडौं । डा.गोविन्द केसीले अनसन बस्ने चेतावनी दिएका छन् ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका केसीले सरकारले आफूसँग विगतमा गरेका सम्झौता तीन हप्ताभित्र पुरा नगरे अनसन बस्ने चेतावनी दिएका हुन् । केसीले नागरिक अधिकारको पुनर्स्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

यस्तै सबै नेपालीको निःशुल्क उपचार, यसअघि भएका शिक्षा र स्वास्थ्य सुधारसम्बन्धीका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने,सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेज सञ्चालनका लागि दिएको आदेशविरुद्ध पुनरावेदन गर्न पनि  माग गरेका छन् ।