|  

चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

८ बैशाख, काठमाडौं । काठमाडौंको चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।

आगो निभाउन चोभार उक्लिने क्रममा काठमाडौं  महानगरको दमकल पल्टिएको हो । घटनामा परेका तीन तीन जना सशस्त्र प्रहरी र नगर प्रहरी रहेका छन् ।

घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।