|  

अहिलेको गठबन्धन माघ कट्दैनः गगन थापा 

०८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले–माओवादीको गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए । इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको भन्दै उनले चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्ने बताए । अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’ उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।