|  

पैसाको पोको बोकेर गाउँ नछिर्न रविकाे चेतावनी

०८ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्रै कारबाही गर्ने चेतावनी दिएका छन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने उनले बताएका हुन् । उनले भनेका छन्, ‘अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ । उहाँ त जो हेर्‍यो उही घण्टी देखिन्छ । अन्तिम समय, मौन अवधि पनि आउँदैछ । कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनुहोला । २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा छ । नागरिकलाई सचेत गराउन चोक चोक गौडा गौडामा खटिनुहोला । पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउन केके गर्नुपर्छ। कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।