|  

अप्पर अरुणमा एक हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले लगानी गर्ने

०८ बैशाख, काठमाडौं । अप्पर अरुणको एक हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८०० मिलियन डलरबराबरको लगानी गर्ने सहमति भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको उनले जानकारी गराए । उनले ६३५ मेगावाट दूधकोसीमा एडीबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए ।

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आईटीलगायत क्षेत्रमा लगानी गर्ने भएको जानकारी गराए ।