|  

एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठक आज पनि

९ बैशाख, काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि बस्दैछ ।

वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन । पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।