९ बैशाख, काठमाडौं । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।
घाइते हुनेमा चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेत रहेकी छन् ।
घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याइएको छ ।