|  

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

१० बैशाख, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज सुनको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।