|  

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना !

११ बैशाख, काठमाडौं ।  मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।

यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्रोतले जनाएको छ ।

दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बताइएको छ । दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।