|  

सहकारी पीडितलाई न्याय दिलाएपछि मात्रै राजनीतिबाट विश्राम लिने रविको घोषणा 

११ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने घोषणा गरे ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानून तयारी भइरहेको जानकारी दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएर आफूले काम थालेको बताए ।