|  

तेस्रो लगानी सम्मेलनः १ सय ४८ वटा आयोजना शोकेसमा राखिने

११ बैशाख, काठमाडौं । यहि बैशाखमा हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १ सय ४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।

आज काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले वैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिइएको हो । बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्य्युम्नप्रसाद उपाध्यायले केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिए ।