|  

कतारका राजा आइपुगे नेपाल

११ बैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । 

उनको विमान ३ः४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको छ । दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिएको छ ।