|  

उपनिर्वाचनः आज रातिबाट प्रचारप्रसार  गर्न नपाइने

१२ बैशाख,काठमाडौं ।  इलाम-२ र बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि आज (बुधबार) मध्यरातदेखि प्रचारप्रसार गर्न पाइने छैन ।

आज राति १२ बजेबाट मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन ।  दुबै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ ।