|  

कतारका राजा अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै  

१२ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच आज (बुधबार) द्विपक्षीय वार्ता हुँदैछ ।

बिहान साढे १० बजे होटल सोल्टीमा द्विपक्षीय वार्ता हुने बताइएको छ ।मन्त्रिपरिषद्को वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो।

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।